जापान, दक्षिण कोरिया र अन्य मुलुक पठाउने भन्दै ठगी गर्ने ५ जना पक्राउ

जापान, दक्षिण कोरिया र अन्य मुलुक पठाउने भन्दै ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभनमा करोडौं ठगी, ५ जना पक्राउ


ठगीको आरोपमा पाँचजना समातिए

विभिन्न देशमा आकर्षक तलब दिने भन्दै पीडितबाट करोडौं रुपैयाँ असुलेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। उनीहरू रकम लिएपछि सम्पर्कविहीन बनेको उजुरी परेको थियो।

को–को परे पक्राउ ?

पक्राउ पर्नेमा सुनसरी घर भई तारकेश्वर–८ बस्ने ३२ वर्षीय राजकुमार तामाङ, दाङ घर भई काठमाडौं–१४ बस्ने ३१ वर्षीय प्रकाश केसी, काभ्रे घर भई गोकर्णेश्वर–५ बस्ने ३३ वर्षीय डिल्लीमान तामाङ, पाँचथर घर भई ललितपुर गोदावरी–१४ बस्ने ४७ वर्षीय श्रीहाङ एकतिन र स्याङ्जा घर भई भक्तपुर मध्यपुर थिमी–४ बस्ने २८ वर्षीया नमुना भण्डारी छन्।

कसले कति रकम ठगे ?

राजकुमारले एक जनाबाट जापान भन्दै ११ लाख ५५ हजार, प्रकाशले १२ जनाबाट अमेरिका भन्दै ९३ लाख, डिल्लीमानले दुई जनाबाट जापान भन्दै १४ लाख ७५ हजार, श्रीहाङले एक जनाबाट दक्षिण कोरिया भन्दै १२ लाख २५ हजार र नमुनाले तीन जनाबाट मकाउ भन्दै ५ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ।

कहाँ र कहिले भयो पक्राउ ?

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले राजकुमारलाई कीर्तिपुर, प्रकाशलाई काठमाडौं–२९ र डिल्लीमानलाई काठमाडौं–१४ बाट मंगलबार पक्राउ गरेको थियो। त्यस्तै, श्रीहाङलाई गोदावरी–४ र नमुनालाई काठमाडौं–३ बाट बुधबार समातिएको हो।

अनुसन्धानका लागि विभाग पठाइयो

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

श्रोत: अनलाइनखबर